गुल्मीको मुसीकोटका वडाध्यक्ष घिमिरे मृत भेटीए

बुटवल भदौ २ , गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

ूपरिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।ू उनले फेसवुकमा लेखेका छन् ।

शुक्रवार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation