धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । बसमा काठमाडौं–बागलुङ–बेनी लेखेको मात्रै देखिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation