विश्वासको मत सम्बन्धी प्रक्रिया विरुद्धको रिट निवेदन न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको सन्दर्भमा एमालेका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री थापाद्वारा लिइएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता फेरबदल गरी क्रमैसँग अध्यक्षता ग्रहण गरेका दुवै जनाले पालैपालो मतदान गरेका थिए ।

रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation