दुर्गा भवानी माध्यामिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना १ मा रहेको दुर्गा भवानी माध्यामिक विद्यालय वनकट्टाले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वगत तथा कक्षा १२ उत्र्तीण बिद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुको आयोजनामा आज (विहिवार) विद्यालयको सभाहलमा कार्यकरम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिन्तामणी भुसालले कक्षा १२ का विद्याार्थीहरुले यति राम्रो कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्नु भयो । साथै १२ कक्षा उत्तीर्ण सम्पुर्ण विद्याथीलाई शैक्षिक सफलताको शुभकामना तथा कक्षा ११ मा भर्ना हुन आएका सम्पुर्ण विद्याथीहरुलाई स्वागत गर्नुभएको छ । सैनामैनाका सामुदायिक विद्यालय रोजगारको कारखाना भएको आरोप लगाउदै दुर्गा भवानी नितान्त गरिवहरुका छोराछोरीले पढ्दै आएको वताउनुभयो । विद्यालयले कुनै वाहानामा सुल्क नउठाउने भन्दै अहिले धेरै विद्यार्थी अभिभावकको रोजाई दुर्गाभवानी नै रहेको उल्लेख गर्नुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक तुलसिराम शर्माले यो बर्ष बिद्यालयले राम्रो नतिजा ल्याउन सफल भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । शर्माले यस क्षेत्रमा सदैब उत्कृष्ट नतिजा ल्याई आफ्नो स्थापित गरिमा कायम गरेकोे भन्दै आगामी दिनमा उक्त गरिमालाई कायमै राख्ने दावी गर्नुभयो । यस क्षेत्रमा अन्य विद्यालयहरुले विद्यार्थीहरुले शुल्क नतिर्दा प्रवेश पत्र रोक्ने गरेको भन्दै दुर्गा भवानीमा कुनै विद्यार्थीको प्रवेश पत्र कुनै बाहानामा न रोक्ने बताउनुभयो । दुर्गा भवानी सैनामैनाको एउटा एक बिद्यालयल हो जुन विद्यालय आर्थिक स्त्तर न्यून विद्यार्थीहरुले पढ्ने गर्छ्न । पढ्नका लागि पैसा तिर्न नपर्ने बताउदै विद्यालयले कुनै बाहानामा शुल्क नतोकेको बताउनु भयो । यस्तै वडाको तर्फ बाट बोल्दै वडा सदस्य नर बहादुर सुनारले विद्यालयले गरेका गतिबिधी बारे वडाले बिद्यालयमा आएर बुझ्न नसकेकोमा दुख ब्यक्त गर्नु भयो । आगामी दिनमा त्यो हुन नदिने समेत बताउनु भयो । कार्यक्रममा शिक्षकको तर्फबाट होमनाथ कंडेल, विद्याथीहरुको तर्फबाट कक्षा ११ की अस्मिता पन्थी र कक्षा १२ उत्तीण गणेश खनालले आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रम कक्षा १२ मा अध्यनरत विद्यार्थी सुनिता के. सी.को अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिन्तामणी भुसालको प्रमुख आतिथ्यता, वडा नं. १ का वडा सदस्य नर वहादुर सुनार, विद्यालयका प्रधानाध्यापक तुलसीराम शर्माको विशिष्ट आतिथ्यता, समाजसेवी तथा सन्चालक समिती सदस्य, सम्पुर्ण शिक्षक, शिक्षिका, पत्रकारको आतिथ्यता रहेको थियो । कक्षा १२ मा अध्ययनरत विद्यार्थी मिना नेपालीको स्वागत मन्तब्य र जमुना श्रीस को सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अबधी भर कक्षा १२ का बिद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation