श्रेष्ठ दम्पति ड्रागन खेतीमा रमाउदै

नरेश चौधरी, सैनामैना, भदौं ११ । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं.९ बाँसगढी जनज्योति टोलका श्रेष्ठ दम्पतिले ड्रगन खेतिबाट मनाग्य आम्दानी गर्दै आउनु भएको छ ।

बाँसगढी निवासी रिम बहादुर श्रेष्ठ र उहाँका पत्नी पार्वती श्रेष्ठले ड्रगन खेतीबाट राम्रो आम्दानी गरिरहनु भइको छ । व्यावसायिक रुपमा ड्रागन खेती गरि वार्षिक ८ देखि १० लाख सम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँहरुको भनाई छ ।

तीन वर्षअघिबाट व्यावसायिकरुपमा खेती गर्न थाल्नु भएका उहाँहरुले १५ कठ्ठामा करिव दुई हजार पाँच सय बोट लगाउनु भएको छ । फल, यसको विरुवा, घाँस र अन्य कृषि उत्पादन तरकारी समेत विक्री गरेर यस वर्ष वार्षिक ८ देखि १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य रहेको श्रेष्ठ दम्पतीको भनाई छ । पानी नजम्ने सुक्खा क्षेत्रमा यो फलको राम्रो उत्पादन हुने भएपछि उहाँहरुले ड्रागनको व्यावसायिक खेती गर्न थाल्नु भएको हो ।

उहाँहरुले ‘ बहुगुणी ड्रगन फ्रुट एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती गर्न थाल्नु भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना–१९को समय लकडाउनमा सामाजिक सञ्जालको सदुपयोग गर्दै युट्युव, फेसवुक तथा अनलाईनबाट आफैँ यसबारे ज्ञान लिई यो फलको खेति गरेको रिम बहादुर श्रेष्ठले बताउनु भयो । ‘अहिले हामी श्रीमान् श्रीमती यस खेति गरि घर खर्चा चलाई रहेका छौं ।’ – उहाँले भन्नु भयो । यहाँ उत्पादन भएको फल स्थानीय बजारमै खपत हुने उहाँको भनाई छ । यस वर्ष करिब दुई लाख रकम बराबरको फल तथा बोट विक्री गरि सेकेको उहाँले बताउनु भयो ।
एक पटक यसको विरुवा लगाए पछि वर्षाै सम्म प्रतिफल लिन सकिने, गोडमेल गर्न सहज हुने, सिचाँई गरिराख्नु नपार्ने, खुख्खा ठाउँमा हुने भएकोले यसको खेति गर्न सहज भएको पार्वती श्रेष्ठले बताउनु भयो । ‘खाली समयको सदुपायोग भएको छ । स्थानियहरुलाई रोजगारी दिन पाईएको छ । हामी अहिले सन्तुष्ट छौं ।’– उहाँले भन्नु भयो । एक पटक लागाएको ड्रागनको बोटबाट धेरै वर्षसम्म फल लिन सकिने श्रेष्ठको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उहाँ बताउनु हुन्छ ।

व्यावसायिकरुपमा खेती गरिरहेका श्रेष्ठ दम्पतीले सैनामैना नगरपालिका र सेतो गुँरास संस्थाबाट आर्थिक सहयोग पाएको बताउनु भयो ।
प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा यसको खेती गर्न सकिन्छ । कम सिँचाइमा र सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्ट्याइलो दोमट माटो उपयुक्त हुन्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

श्रीमती पार्वती श्रेष्ठ सैनामैना नगरपालिका वडा नं. ९ का पूर्व वडा सदस्य भै जनप्रतिनिधिका रुपमा काम गरिसक्नु भएको छ भने श्रीमान् रिमबहादुर श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ उहाँ उधोगी व्यवासयी समेत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation