बुटवल जानलाई हिडेको कोरोनाले बाटोमै छु, अवश्य पुग्छु ।

जेठ ९ गते बिहानै तैयारी थियो बुटवल स्थित उच्च अदालत जाने क्वारेन्टाईन व्यवस्थापनमा पटक पटक समाचारहरु लेख्दा र भिडियो मार्फत संवाद गर्दा पनि केही सुधार नभए पछि अव कानुनी प्रकृयामा जानुपर्छ भनेर म लामो समय देखी संस्था आवद्ध मधेश मानव अधिकार गृह र अधिकार, न्यायको क्षेत्रमा काम गर्ने संस्था तराई मानव अधिकार रक्षक संजालको थियो ।
दुई दिन अगाडीको तैयारी थर्ड एलाईन्सका अग्नी शक्ति यादव र म भएर बुटवल अदालतमा जाने जस्को लागि मलाई १० बजे भैरहवा स्थित थर्ड एलान्इसको कार्यालयमा पुग्नु थियो ।
कोरोनाको संत्रास कारण हामीहरुले सके सम्म नजिकै ससुराली भएको कारणले बजारबाट खासै तरकारी दुध जन्य पदार्थहरु खरिद गरेका थिएनौ । किनेर लैजाने कागतीहरुको पनि श्रीमती ज्योतीले सेनिटाईज गर्ने गर्थिन । उक्त दिन म बिहानै ससुराली पुगेर दुध, तरकारी लिएर रुममा छोडेर ७ बजे नै माहुरी होममा पुगेको थिए ।
बुटवल जाने, जिल्लाको वस्तु स्थिती, संस्थाको भूमिका , स्थानिय, प्रदेश र संघीय सरकारलाई दवाव दिनको एक प्रस बिज्ञप्ती सबै संस्थाहरुसंग सहकार्य गरेर निकाल्ने विषयमा छलफल भयो ।
लकडाउनका बाबजुत पनि हामीहरुले स्थानीय, प्रदेश र संघीय जनप्रतिनीधीहरु नागरिक समाजका अगुवाहरु बिच पनि भर्चुवल संवाद गरिनै रहेका थियो । त्यो बारे पनि केही समय छलफल भयो । उक्त दिन पनि केही समय पौम नारायाण पौडेल सर, रवि सर र नन्दराम पौडेल, मिना परियार मेडम लगायत विच वस्तुस्थिती बारे कुराकानी भयो । बिशेष गरेर जिल्ला सिलले पारेको प्रभाव र बुधबारको भिडको बारेमा केही कुरा कानी गरियो मैले आफु बुटवल जान थालेको जानकारी गराउदै निसक्न थालेको थियो ।
एक्कासी समाचार आयो कपिलवस्तु…जनामा कोरोना संक्रमण पुष्टि जस्मा मैले बाणगंगमा…जना र मायादेवी…जना भनिएको थियो कपिलवस्तु पत्रकार गुप्रमा पनि आयो समयको हतारका कारण मैले उक्त समाचारलाई पोष्ट गरे ।
नयाँ अपडेटको लागि भाई आभास पौडेललाई जनाकारी गराए । त्यती समय सम्म मलाई कोरोना लाग्ला भनेर मैले कल्पना पनि गरेको थिईन ।
काम गर्ने दौरानमा नेपाल भारतको सिमानामा र केही क्वारेन्टाईनहरुमा गएको कारणले एक पटक जाँच गराउ भनेर पत्रकार महासंघको पहलमा हामीले पनि चेक गराएका थियौ । ७ जना संचारकर्मीहरुको रिर्पोट नेगेटिभ आईसकेकोले पनि मैले कोरोना संक्रपमत हुने कल्पना गरेको थिईन ।
तथापी मलाई घर परिवारबाट दैनिक घरबाट नहिड्नको लागि दवाव थियो, अर्घाखाँचीबाट बिहान, साझ, आमा, बुवा, भाई र बईनीको फोनमा धेरै नहिडनु कहाँ हो । के खाईस बाहेक अर्को प्रश्न हुदैनथ्यो । कपिलवस्तु जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढे संगै परिवारमा एक प्रकारको तनाव नै थियो । जुन सामाजिक संजाल र संचार माध्यमहरुका कारणहरुले अझै बढेको थियो । गैर सरकारी संस्था त्यसमा पनि अधिकारको क्षेत्रमा काम गर्ने साथै संचार क्षेत्रमा आवद्ध भएकोले नियमित रुपमा सुरक्षित रहेर काम गरिनै रहेको थिए ।
त्यस पछी १० बजे भैरहवा जानु पर्ने म ल्यापटप बन्द गर्दै बुटवलबाट अनलाईनमा लाईभ गर्नु पर्छ भनेर जिल्लाको तथ्याकंलाई व्यवस्थित पनि गर्दै थिए । अग्रज संचारकर्मी दाइ खग चापागाई फोन आयो उहाँले भन्नु भयो । कहाँ हो । म माहुरी होम भैरहवा जान थालेको दाई भने रिर्पोट थाहा पायौ, किन दाई मेरो पोजेटिभ हो र मैले प्रति प्रश्न गरे । अ तिम्रो पोजेटिभ हो । जहाँ छौ त्यही बस । नआतिउ केही हुदैन, लग्त्तै फोन आयो पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल र केन्दि सदस्य बसन्त गिरीको बञ्जाडे बर्बाद पारिस नी । सान्तवना र गालि संगै थियो । छोरा शाश्वत मात्र ४ बर्षको भएकोले सबैलाई चिन्ता चासो थियो ।
अनि मैले श्रीमतीलाई फोन गरे जानकारी गराए मेरो कोरोना रिर्पोट पोजेटिभ आयो । भित्रै क्वारेन्टाईन भएर बस, अनि लौ बर्बाद मैले भनेकी थिए । मान्नु भएन १० मिनेटको फोन संवाद पछि केही सम्झाए पछी लौ नआतिनु भनेर फोन राखे ।
त्यस पछि लगातार फोनहरु आउन थाले धैर्यता राख्न र मैले लक्ष्मी श्रेष्ठ दिदि, धर्मेन्द्र झा दाजु, प्रकाश उपाध्याय सर, रवि सर, गोपाल दाई लगायतले आफुहरुले ज्योती फोन गरेर सम्झाएको नआति बस्न अनुरोध गरियो ।
फोन उठाउने राख्ने गर्दै गर्दा १ बजेको पत्तो नै चलेन । एक प्रकारको भय आफु भन्दा पनि आफ्नै कारणले घर परिवार र अग्रजहरु संक्रमित हुने हुनकी भन्ने अर्को तनाव रहयो ।
अव कोरोना संक्रमित भए पछि के गर्ने कहाँ गएर बस्ने भन्नेबारेमा अनिश्चिता नै थियो ।आफै समाचार बनाएको थिए । अघिल्लो दिन प्रदेश ५ मा कतै आईसुलेसन नहुदा महाराजंगका ८ जना संक्रमितहरु क्वारेन्टाइनमै भनेर । समाचार जे लेखिएता पनि वास्तवमा राज्यको तैयारी अवस्था के छ मलाई जानकारी नै थियो ।
तथापी पत्रकार भएकै कारणले बुटवल वेवस्था गर्दैछो भनेर महासंघका अध्यक्षले जानकारी गराई रहनु भएको थियो । कपिलवस्तु अस्पतालका मेसु डा किशोर बन्जाडेले पनि कुनै प्रकारको लक्षण नदेखिएको जिल्ला बाहिर नजान सुझाउनु भएको थियो । र आईसुलेसन भन्दैमा अस्पताल नै जानु पर्छ भन्ने होईन छुट्टै बस्ने हो । सके सम्म जिल्लामै मिलाउनु आफ्नै अफिसमा बसे पनि राम्रो हुने तर्क थियो । केही परे अस्पताल पनि नजिकै छ । भनेर भनि रहनु भएको थियो ।
त्यतीजेल सम्म सामाजिक संजाल सकृय मेरो भाई कमलले पनि म कोरोना पोजिेटिभ भएको जानारी पाई सकेको रहेछ । उस्लाई पनि घरका ४ बर्षे बच्चाको धेरै तनाव थियो । र तत्काल बुवा आमालाई केही जानकारी नदिने सल्लाह भयो । उसको भनाई थियो कोरोनाको भय यति छ गाउँमा कोही मानिसलाई प्रबेश दिईएको छैन् । त्यसैले पनि जानकारी गराउन उचिन नहुने उस्ले बतायो ।
हरेक विषयमा के कसो हुदै छ जानकारी लिने मैले आफ्नो व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीलाई फोन पनि गरिन । यत्तिकैमा अध्यक्ष रवि सरले फोन गरेर कतै नजाउ कार्यालयमा आईसुलेड भएर बस्न सल्लाह दिनु भयो ।
सो बारे महासंघ अध्यक्ष भुषाल संग कुराकानी गरे उहाँले बुद्धआवाज मिडिया हाउसमा संक्रमित देखिएका प्राविधिक योगेश पाठकलाई समेत यतै व्यवस्थापन गर्नु पर्ने छअवस्था रहेको जानकारी गराउनु भयो । त्यस पछि हामीहरु मधेश मानव अधिकार गृह माहुरी होममै आईसुलेड छौ ।
यस क्रममा मसंग संगै जाँच गराउन जानु भएका जानु पाण्डे दाइको सुरुवातको रिर्पोट नेगेटिभ आएता पनि म संक्रमित भए पछि पुनः जाँच गराउदा संक्रमण पुष्टि भएर बुटवल स्थित एन्फा एकेडेममा आईसुलेसनमा हुनु हुन्छ । अन्य मसंग सम्पर्कमा भएका सबैको चेक जाँचमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
वास्तवै मैले यो लेख्दै गर्दा भन्न चाहेको के हो भने सुरुवाती चरणमा मलाई पनि एक प्रकारको तनाव अवश्य नै भएको हो । के गर्ने कसो गर्ने म कार्यालयको माथिल्लो तलामा थिए तलबाट माथि कोही आउदैन् ।
म मा जव कोरोना पोजेटिभ देखिएको शंका भरमा मेरो परिवारलाई पनि आफु बसिरहेको रुम छोडेर मेरै कार्यालयको गेष्ट हाउसको रुममा बस्न धेरैले सुझाए । तर विगतको दिन देखी नै कोराना संग लडौ भाग्न सकिदैन भन्ने स्टाटस फेसबुकमा राख्ने मैले कसरी मेरो परिवारलाई आफै संग आउ भन्न सक्थे ।
अहिले म कोरोना लाग्दैन केही हुदो रहेन रहेछ भन्नेमा प्रष्ट भएको छु । यस्को बारेमा हामिले समाजलाई जति आंतकित बनाएका छौ । यस्लाई चिर्न धेरै नै मुस्किल छ । तर म भन्न चाहान्छु । यस्लाई चिर्न अव सुरुवात चाही गर्नै पर्छ ।सचेत बनौ समाजलाई भयवित नवनाउ । अन्त्यमा म बुटवल जान हिडेको थिए कोरोनाले कार्यालयमै आईसुलेड छु । अवश्य पुग्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation