कोरोना भन्दा खतरा समाज

कोभिड १९ का कारण विश्वमा पौने चारलाख  मानिसको मृत्यु भएको छ । नेपालमा  यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ मध्ये १० जनाको मृत्यू भएको छ ।  नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । तर कोरोना संक्रमितहरुलाई र उनीहरुको परिवारलाई त्रसाउने काममा  समाज नै लागेको देखिन्छ । सधै जनतालाई सुचनादिन अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई पनि कोरोना लाग्यो उनीहरुले मनोवल दह्रो  गराउने र कोरोना जित्ने प्रयासमा लागेका छन ।कोरोना हस्पिटलबाटै पनि रमाउने, कोरोनाको साबधानी अपनाउने बारे सबैलाई सचेतना दिएका छन ।आफ्नो सम्पर्कमा आएकाहरुलाई पिसीआर गर्न सघाउ पुर्याएका छन ।तर समाजका सचेत मानिसहरु कोरोना नलागेकालाई पनि कोरोना लागेको छ भन्ने र अनावश्यक हल्ला फिजाउने कार्यमा लागेको देखिन्छ । कोरोना संक्रमितहरुका घर परिवार आफन्तहरुलाई लक्षित गरि  अनावश्यक हल्ला फिजाउने  काम भएको देख्न सकिन्छ । कुनै एक व्यक्तिलाई कोरोना लागेको छ भने त्यो व्यक्तिलाई सान्त्वना दिनुको साटो सम्पर्कमा रहेका अन्य परिवारलाई पनि फरकव्यवहार गरेको देखियो । समाजले वुझ्नु पर्ने पाटो के हो भने कसैलाई कोरोना लाग्नु भनेको कुनै अपराध होइन , सावधान नअपनाएका कारण र साबधानी अपनाउदा अपनाउदै कोरोना लाग्न सक्छ । कोरोना भाइरस ठुलो रोग होइन , त्यसलाई साबधानीले नै जित्न सकिन्छ भन्ने समाजले वुझ्न आवश्यक छ । निरन्तर रुपमा सफा र मापदण्ड अनुसारको माक्स लगाउने , सामाजिक दुरी कायम गर्ने ,हात साबुन पानीले मिचीमिची धुने , व्यायाम गर्ने , पोषिलो खाने गर्दा कोरोना भाइरसलाई सजिलै जित्न सकिन्छ  । यो कुरा निरन्तर डाक्टरहरुले बताउदै आएका छन । यद्यपी यसको औषधीभने बनेको छैन । केहि अपवादका कारण वाहेक कोरोनालाई नेपालीले जित्दै आएकाछन्  ।  लकडाउनको ७३ औं दिन सम्म संक्रमितको संख्या  २ हजार ६ सय ३४ नाघेको  छ । जसमा २९०  जना निको भएर घर फर्किसकेको अवस्था छ ।  कोरोना संक्रमित यसलाई जित्न चुकेका छैनन् । तर समाजका मानिसहरुले आफ्नो दायित्वलाई बहन गर्न चुकेका छौं  । कोरोना लागेका मानिस , उनका घरपरिवार र सम्पर्कमा रहेका व्यक्तिहरुलाई सात्वनादिनु र कोरोना केहि पनि होइन  साबधानी अपनाउ भन्ने सन्देश दिनु आवश्यक छ । गाउँ समाजका मानिसहरुले अहिले आफ्नो दायित्वलाई चटक्कै विर्सिएर हल्लाका पछि लाग्न छोड्नु पर्छ । होइन भने समाजका जाने वुझेका अगुवा नागरिकहरु माथि प्रश्नचिन्ह खडा हुन्छ ।संक्रमित नभएका परिवारका वालवालिकालाई पर्न गएको असर समाजका जो मानिसले उनीहरुलाई त्यस्तो व्यवहार गरे त्यसको समाजिक क्षेतीपूर्ति चुक्ता गर्न निकै कठिन  हुने छ  । आज कोरोनाका नाममा ताजा तरकारी खाडलमा गाड्ने ,दुध लिन अस्वीकार गर्ने , स्वाव संकलन गरेका तर नतिजा नआएकालाई समेत घृणाको ब्यवहार गर्ने , जथाभावि रुपमा भ्रमपूर्ण कुराहरु प्रवाह गर्ने काम जारीछ ।  यसरी नै समाज नै भ्रमित रहने हो भने आज फैल्याइएको त्रास विरुद्ध एकैसाथ  ठुलो तप्का उत्रने छ । देशपुर्ण लकडाउनमा छ , कोरोनाबाट बच्नकालागि लकडाउनको पुर्ण पालना गरौं , सावधानी अपनाऔं , पोषिलो खाने कुरा खाऔं , आफु बचौं , अरुलाई बचाऔं  । कोरोना संक्रमित व्यक्ति , घर परिवार  ,आफन्तलाई मनोवल बढाउने उत्साहदिऔं ,अनावश्यक हल्ला फिजाउने कामबन्द गरौं । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation