विश्व सम्पदा सूचीमा सूचिकृत हुदै गरेकाे तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्छ: घिमिरे (भिडियाे सहित)

काठमाडौं – कपिलवस्तु जिल्लाबाट राष्ट्रिय सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य बिमला घिमिरेले बिनियोजन बिधेयक २०७७ माथि छलफल गर्न आज बसेको बैठकमा सुझाव राख्दै बजेट समग्रमा सन्तुलित रहेता पनि तिलाैराकाेट लागि विश्व सम्पदा सूचीमा सूचिकृत हुदै गरेकाे तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्ने सुझाव दिनुभएको छ । उहाँले त्यस क्रममा समग्र राष्ट्रको हित बोकेको तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्ने सुझाव दिनुभएको हाे। बजेटमा तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचित गर्ने कुरा भए पनि बिनियोजन विधेयकमा त्यसको कुनै कुरा उल्लेख नगरेकोमा ध्यानाकर्षण गराउनुभएको थियो ।साथै बजेट राम्रो हुँदाहुँदै पनि यसलाई दृढ इच्छाशक्तिको साथमा कार्यन्वयन गर्ने चुनौती समेत रहेको कुरा उहाँले अौल्याउनु भएकाे थियाे ।

तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्छ बिमला घिमिरे : राष्ट्रिय सभा सदस्य

तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्छ बिमला घिमिरे : राष्ट्रिय सभा सदस्य

Posted by Ujyaalo Post on Tuesday, 16 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation