भलवाड घटना अपटेड ः जीप भेटियो तर वेपत्ता दुई अझै भेटिएन्, विहानैबाट खोजी कार्य सुरु (भिडियो)

वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए।
ईलाका प्रहरी कर्यलय पिपराका अनुसार खोलाले बगाएको जीप फेला परेको छ । बाढी वाणगंगा वडा नं। ७ र ९ को सीमामा पर्ने कोइली खोलामा आएको हो ।
विहानैबाट सुरक्षाकर्मीको टोली परिचालित भएको छ । हिजो दिउसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको शव नभेटिएपछि आज विहानै ५ बजेबाट खोजी कार्य सुरु भएको हो ।

खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशस्त्र प्रहरी वल पिपराका इन्स्पेक्टर चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । हाम फालेर बाँच्न सफल मध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुनु ।

अझै विद्यूत फ्यूज शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation