नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा (फोटोफिचर)

नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।


विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए ।





प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा  ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation