ट्रकको ठक्करबाट बाणगंगामा एक पैदल यात्री गम्भिर घाईते

कपिलवस्तुको चारनम्बरमा दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन । अर्घाखाँचीको वाङ्गला निवासी ४० बर्षीय शेषकान्त पाण्डे दुघर्टनामा परेका हुन ।
गम्भिर घाईते भएका पाण्डेलाई चार नम्बरको सि एण्ड सि अस्पतालमा उपचाार हुन नसकेपछि रुपन्देहिको मणिग्रामस्थित क्रिमसन अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।पैदल यात्री पाण्डेले बाटो काट्ने क्रममा दाङबाट बिराटनगर तर्फ जादैँ गरेको ना ५ ख ८२१ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation