भारतीय सेनाअध्यक्ष नरवणेको भ्रमणविरुद्धमा माईतीघरमा प्रदर्शन

काठमाडौंको माइतीघर मण्डलमा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए। सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न पनि उनीहरूले माग गरेका थिए।प्रदर्शनकारीले भारतीय सेनाध्यक्ष नरवणेविरूद्ध पनि प्रदर्शन गरेका थिए। नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation