कपिलवस्तुमा भन्सार छली ल्याएका ७ वटा खसी बोका बरामद गरिएको छ । शुद्धोधन गाउपालिका ५ हथिहवादोहनीस्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको ७ वटा खसी बोका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउपालिका वडा न ५ हथिहवादोहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको कपिलवस्तुका डि.एस. पी धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।
विश्वमा फैलिएको कोरोना भाइरस नेपालीमा पनि यसको जोखिम उच्च रहेको छ । भारत र नेपाल को सिमा नाका खुल्ला रहेकाले नेपाल सरकारले सिमाना बन्द गरेको छ । चोर बाटोबाट खसीको तस्करी भइरहेको छ ।नेपाली र भारतको सिमाना खुल्ला भएको कारणबाट कोरोना भाइरस नेपालमा धेरै फैलिन सकिने भएकाले सिमाना बन्द भए पनि चोर बाटोबाट मान्छेहरु भारतमा आउने जाने गरेको पाइन्छ ।