नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४७९ पुग्यो

नेपालमा थप २५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ७९ पुगेको छ । शनिबार कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको थियो ।
आज देशभर एक हजार दुई सय ५५ जनामा कोरोना पुष्टि भएको छ भने एक हजार चार सय चार जना कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation