२९ जना छात्रहरुलाई न्यानो कपडा बितरण

तौलिहवा– जामे मस्जितमा अध्यनरत २९ जना छात्रहरुला न्यानो लुगा वितरण गरिएकाे छ । मधेश मानव अधिकार गृह (माहुरी होम) द्वारा प्रबद्र्धित मानव अधिकार संरक्षण प्रबद्र्धन कोष मार्फत २९ जना छात्रहरुलाई न्यानो कपडा वितरण गरिएकाे हो । चाडपर्बमा एंव चिसो मौसम सुरु भए संगै सुरु गरिएको “नयाँ लुगा न्यानो लुगा अभियान” अन्तरगत कपडा उपलब्ध गराईएको माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुर बताए ।
शनिबार आयोजित बितरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तवले माहुरी होमले संचालन गरेको अभियान अत्यान्तै सह्रानिय रहेको र उक्त अभियानमा आफुहरुको सहयोग रहने बताए । यसै गरि कार्यक्रम बोल्दै कपिलवस्तु नगरपालिका वार्ड १ वडा अध्यक्ष सुदिप पौडेलले संस्थाले बिभिन्न स्थानहरुमा अति बिपन्न हरुलाइ राहातका साथै न्यानो कपडा वितरण गरिरहेको जानकारी पाए पछि आफुले पनि केही आर्थिक सहयोग गरेको जानकारी दिए । आफु आज यस कपडा वितरण कार्यक्रममा सहभागी हुंदा आत्म सुन्तुष्टी प्राप्त भएको समेत बताए । कार्यक्रम बोल्दै वडा अध्यक्ष पौडेलले आफुले मदरशा, बिद्यालयमा आफु सक्दो बजेट बिनियोजन गरेको, आगामी दिनमा गर्नुका साथै व्याक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए
कार्यक्रममा माहुरी होमका अध्यक्ष ठाकुरले बिभिन्न सहयोगी व्याक्ति र रुपन्देही जिल्लाका बिभिन्न पालिकाहरुले समेत फुड बैकं र न्यानो कपडा वितरण अभियानमा सहयोग गरेको जानकारी दिएका थिए ।
कार्यक्रम मस्जिद ब्यबस्थापन समितिका अध्यक्ष रउफ अहमद खाँनको अध्यक्षता, ब्यबस्थापन समितिका सचिव जियाउल हकको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation