कपिलवस्तु,- नीलम कुर्मी २३ बर्षकी एकल महिला हुन् । उनका दुई सन्तान छन् । एक ६ बर्षिय छोरा निरज कुर्मी र ३ बर्षिय छोरी दिब्या कुर्मी छन् । तर उनिहरुको जन्मदर्ता नहुदा बिद्यालयमा भर्ना हुन सकेका छैनन् ।
कपिलवस्तु नगरपालिका वार्ड २ सेमरहवाकी नीलमको १६ बर्षकै उमेरमा कपिलवस्तु नगरपालिका वार्ड ५ लखपती कुर्मीसंग बिबाह भयो । लेख्ने पढ्ने उमेरमै उनि घर बार सम्माल्न बाध्य भईन ।
बिबाह संगै उनी जिवनमा कालो बादल मडारिन थाल्यो । सधै रक्सीमा नसामा रहने श्रीमानले उनलाई कुटपीट गर्न थाले, भने सासु र जेठाजुले ताना सुन्नु पर्ने उनको दैनकी बन्यो । श्रीमान् सुध्रिन्छन् र परिवारको उज्जल भविष्यको कल्पना गर्दै आफ्नी आमालाई लघु बित्तबाट २ लाख ऋण लिएर श्रीमान् लखपतिलाई बिदेश पनि पठाईन । तर श्रीमान त्यहा नसुध्रिए पछि कम्पनिले नेपाल फिर्ता पठाईदियो । उनको जिवनमा बज्रपात तव पर्यो जव बिदेशबाट फर्केको केही समयमै २०७५ साउन ५ गते उनका श्रीमान मृत्यु भयो । त्यस पछी नीलम माइतमै बस्ने गरेकी छिन् ।
नीलमको जिवनमा दुःखः पोको नै छ । उनले छोराको जन्मदर्ता गराउन खोजिन, तर सन्तानको जन्मदर्ता गराउन पूर्व नै आमाको जन्मदर्ताको आवश्यक भए पछि उन्ले श्रीमान र सासुलाई आफ्नो नागरिकता बनाईदिन अनुरोध गरिन तर उनकी सासु शारदा देवी कुर्मीले नागरिकता बनाईदिन ईन्कार गरिन । निलम भन्छिन, ‘मैले पटक पटक आग्रह गर्दा पनि त्यती बेला सासुले श्रीमान बिदेश जाने भए पछि बिदेश बाट पठाएको रकम आफै निकाल्ने र घर परिवारलाई जानकारी नदिने भन्दै नागरिकता बनाईदिन मान्नु भएन र श्रीमानलाई बनाईदिन दिनु भएन । पछि माईतीलाई भनेर ऋण खोजी खोजी श्रीमानलाई बिदेश पठाए श्रीमान्बाट कुनै सुख भएन, यहाँ छदा सबै बेचेर रक्सी खाएर दुःखः दिएकाले बिदेशमा रक्सी खान काम नगर्ने गरे पछी कम्पनीले फिर्ता पठाई दियो, फर्किएको केही दिनमै रक्सीले ज्यान गयो’
नीलमका श्रीमानको २०७५ साउन ५ गते मृत्यु भयो । श्रीमान् मृत्यु भए पछि उनले नागरिकता र जन्मदर्ताको बारेमा वास्तै गरिनन् । श्रीमानको मृत्यु भएको २ महिना पछि नीलमका ससुराको पनि मृत्यु भयो । बिधुतमा काम गर्ने ससुराको मृत्यु भए पछि पेनसन लगायतका सुविधा प्राप्तीका लागि सासुले सम्पुर्ण कागजात बनाउन जिल्ला देखी काठमान्डौ गएको उनि बताउछिन् । त्यतीबेला नै उनले पुनःसासुलाई आफ्नो नागरिकता र छोरोछोरीको जन्मदर्ता बनाईदिन अनुरोध गरिन तर धेरै खर्च लाग्छ पैसा छैन् भन्दै टारेको उनि बताउछिन् ।
सासुले नागरिकता नबनाईदिए पछि नागरिकताको प्राप्तीका लागि प्रहरी, प्रशासन, वडा कार्यालय, र महिला अधिकारकर्मीको धाउन थालिन । हाल उनलाई प्रहरी प्रशासन, वडा कार्यालय र महिला अधिकारकर्मीहरुले समेत पंहुच नभए सेवा गर्लान र समस्या समाधानको लागि वकालत गर्लान भन्नेमा शंका लाग्न थालेको छ । उनि कयौ पटक वडा नं. ७ को वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय पुगिन भने महिला अधिकारकर्मीहरुको ठेगाना र घरमा उनले सयौ पटक नमस्कार बिस्दाउदै पुगिन ।
नागरिकता नबनाई दिएको भन्दै प्रहरी उजुरी पुगे पछि प्रहरीले सासुलाई प्रहरी कार्यालयमा झिकाएर छलफल र सहमति भयो । महिला अधिकारकर्मी र जनप्रतिनिधीको रोहबरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दुई पटक सम्म उनको नागरिकता बनाईदिने भनेर भएको सहमतिको म्याद गुर्जी सकेको छ तर हाल सम्म पनि न त उनले नागरिकता पाईन न त उनका छोरा छोरीले जन्मदर्ता पाउन सके । पहिलो पटक २०७५ पुसमा जिल्ला प्रहरी कार्यालयमा छलफल भयो चैत्र २१ गते ३ महिना भित्र नागरिकता बनाईदिने सहमति भयो तर नागरिकता बनेन । त्यपछि नीलम पुनः प्रहरीको शरणमा पुगिन यसै गरि २०७६ फागुन २ गते सासुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाईयो फेरी पनि प्रहरी कार्यालयमा सहमति भयो चैत्र २ गते सम्ममा नागरिकता बनाईदिने, यो बिचमा प्रहरी प्रशासन, महिला अधिकारकर्मी र वडा अध्यक्षलाई उनले पटक पटक भेटिन तर उनले नागरिकता पाउन सकेकी छैनन् ।
यस गत २०७७ असौजमा उनि नागरिकता प्राप्तीको लागि फाराम भर्न जादा उनका जेठाजु कुवेर कुर्मीले सम्पत्तिमा कुनै दावी नर्गने सहमति गरेमा नागरिकता बनाईदिने भन्दै एक महिला अधिकारकर्मीको घरमा पुराएको नीलम बताउछिन । उनि भन्छिन ‘सम्पत्तिमा दावी नर्गने भएमा नागरिकता र छोरो छोरीको जन्मदर्ता बनाई दिन्छौ भनेर एक जना महिला अधिकारकर्मीको घरमा जेठाजु पुराउनु भयो । उहाहरुले भने अनुसार कागजमा हस्ताक्षर पनि गरे तर नागरिकता बनाईदिएनन् ।’ आफुले महिला अधिकारकर्मीको रोहबरमा महिला अधिकारकर्मीले तैयार पारेको कागजमा हस्ताक्षर गरेको उनले बताईन् ।
नीलम अहिले पनि नागरिकता पाउने आशामा भौतारि रहेकी छिन् । आखिर कहिले पाउलिन नीलमले नागरिकता ?