
उज्यालो पोष्ट, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ बह्माचोक(रानी बगिया पेट्रोल पम्प) प्रतिक्षालय अगाडि कार र मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैनाको बह्माचोकमा बुधवार साझ करिव ५ः२० बजे तिर भएको दुर्घटनामा १ पुरुष र १ महिला घाइते भएका हुन । प्रत्यक्षदर्शी का अनुसार पुर्व देखि पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४१९९ नम्बरको कार र सोही दिशाबाट आइरहेको रा ५ प ५४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किन पुगेको र दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । घाइते दुवैको अवस्था सामान्य रहेको छ ।