लक्ष्मीपुजाको अवसर पारेर नन्दीनी गौ संरक्षण केन्द्रको शुभारम्भ हुने

उज्यालो पोष्ट, सैनामैना ।
बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा शिवनगरमा नन्दनीनी गौ संरक्षण केन्द्रको स्थापना गरिएको छ । गौ संरक्षण केन्द्रको बिहीवार (भोलि) लक्ष्मीपुजाको अवसर पारेर शुभारम्भ हुदै छ ।

सयौं गाइलाई चरण सहितको क्षेत्रमा राखिने गरी करिब ९ बिगाहा क्षेत्रफलमा व्यवस्थित गौ संरक्षण स्थापना गरिएको छ । भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्नेगरी यसको अवधारणा बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय गाई,गोरु लगिने र त्यहाँ लगेपछि पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण गर्नेछन्, । सुसारेले घाँसपातको प्रबन्ध मिलाउनेछन् भने धार्मिक गुरूहरुले गौ संरक्षणका आवश्यक प्रक्रिया अगाडि बढाउनेछन् । गाईलाई पवित्र र बहुगुणी दुधालु राष्ट्रिय जनावरका रुपमा लिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation