कमजोर देखिए गृहमन्त्री खांण, स्वकीय सचिव समेत पराजित

बुटवल कार्तिक ४ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खांणका स्वकीय सचिव नै कांग्रेसको प्रतिनिधिमा पराजित भएका छन्।

रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट लुम्विनी प्रदेश प्रतिनिधीको रुपमा उम्मेदवार बनेका गृहमन्त्रीका स्वकीय सचिव बिजेश न्यौपाने पराजित भएका हुन्।

गृहमन्त्री खांणको गृहनगर र बलियो पकड रहेको भनिएको रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका बिभिन्न वडा समेटीएर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसंगै खांण समुहको प्यानल नै पराजित भएको छ।

सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्विनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका बिरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन्।

नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि गठित निर्वाचन आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रबाट खडक बहादुर महत नेतृत्वको पौडेल समुहको प्यानलका २ जना बाहेकका सवै निर्वाचत भएका छन्।

त्यसैगरी रुपन्देहीको क्षेत्र नं २ ख बाट समेत खांण समुहमाथी पौडेल समुह हावी भएको छ। रुपन्देहीको यो निर्वाचन परिणमले रुपन्देहीमा गृहमन्त्री खांण कमजोर देखिएका छन्

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समुहका परशुराम ढकाल नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ। उक्त निर्वाचन क्षेत्रमा ढकालले जित्दा देउवा समुहका काजिमान श्रेष्ठ पराजित भए।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क बाट नविन राज आचार्यको समुह र क्षेत्र नं १ ख बाट मदन प्रसाद पोखरेलको प्यानल नै बिजयी भएको छ। उक्त निर्वाचन क्षेत्रमा देउवा समुहले बाजी मारेको छ ।

यसका साथै प्रदेशसभा निर्वाचन क्षेत्र ३ क मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ भने ३ ख बाट देउवा समुहका घनश्याम चालिसे नेतृत्वको प्यानलका उम्मेदवारहरु सेट नै निर्वाचित भएको छ।

यता प्रदेशसभा निर्वाचन क्षेत्र नं ४ क मा शिव कुमार यादव र ४ ख मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ । उनीहरु दुवै महामन्त्री शसांक कोईराला निकट मानिन्छन्। उनीहरुलाई प्रतिनिधी सभा सदस्य प्रमोद यादवको दरिलो साथ छ।

यता प्रदेशसभा निर्वाचन क्षेत्र नं ५ का क र ख का दुवै निर्वाचन क्षेत्रमा सार्वजनिक लेखा समितीका सभापती भरतकुमार शाह पक्षका उम्मेदवारहरु बिजयी भएका छन्।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं क बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ख बाट यस अघि नै शाह निकट समुह निर्विरोध निर्वाचित भएको छ।

भरत शाह र गृहमन्त्री खांण दुवै एउटै समुहमा रहेको भएपनि जिल्लामा शाह र खांणको अलग अलग समुह प्रतिस्पर्धामा छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation