शुरु भयो कांग्रेस महाधिवेशनको उद्घाटन समारोह LIVE

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

‘उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा ९माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएका छन् ।

त्यस्तै भारतलगायत विभिन्न देशबाट त्यहाँका राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ ।

https://www.facebook.com/officialujyaalopost/videos/596738704968598

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation