माओवादी केन्द्रलाई पहिलो पार्टी बनाएरै छाडिन्छ : पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले आउँदो चुनावसम्ममा पहिलो पार्टी बनाएरै छाड्ने दावी गरेका छन्। नेता पोखरेलले माओवादीले आफूलाई रुपान्तरण गरेर लान सके यसको विजय अभियानलाई कसैले रोक्न नसक्ने जिकिर गरेका छन्।

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिको प्रथम पूर्ण बैठकमा वोल्दै नेता पोखरेलले भने, ‘हामीले हाम्रो वर्ग र मुद्दा छाडेनौं भने अन्तिम विजय हाम्रै हुनेछ ।’ माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशका इन्चार्ज समेत रहेका पोखरेलले आगामी दिनमा माओवादी पुनर्जागरण अभियान चलाइने बताए।

गत मंसिर २५/२६ गते सम्पन्न भएको पहिलो प्रदेश सम्मेलनबाट जगत सिंखडाको नेतृत्वमा निर्वाचित १४१ सदस्यीय समितिको पहिलो बैठक बुधबार बसेको हो । माओवादी केन्द्रको उपत्यका प्रदेश निर्धारित समयभित्रै पदाधिकारीको सिङ्गो टिम सहित नयाँ समिति निर्वाचित गर्ने पहिलो प्रदेश समिति बनेको सचिव सुरेन्द्र बस्नेतले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु पुष्पविक्रम मल्ल, केशव नेपाल, लेखनाथ न्यौपाने, रामप्रसाद सापकोटा, रमेश मल्ल लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation