
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात विकास प्राधिकरण गठन गरिने बताउनु भएको छ । उहाँले नेपाल यातायात व्यवसायीको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै यातायात क्षेत्रका समस्या समाधान गर्न यातायात विकास प्राधिकरण बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभएको हो ।
२०७८ चैत २७, २८, २९ गते गोदावरीमा भएको महासंघको छैठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारी समितिको शपथ ग्रहण तथा पद्स्थापना समारोह वैशाख १५ गते आयोजना गरिएको हो । सोही कार्यक्रममा बोल्दै प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभएको हो ।