खानेपानी ट्याङ्कीमा भ्रष्टाचार गर्ने व्यक्ति एमालेबाट वडाध्यक्षको उम्मेदवार

त्रिपुरासुन्दरी  गाउँपालिका ४, धादिङमा निर्माण भएको खानेपानी ट्याङ्की निर्माणमा घोटाला गर्ने एक व्यक्ति नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको पाइएको छ ।

 

नेकपा एमालेका तर्फबाट वडा नम्बर ४ को वडाध्यक्ष पदको उम्मेदवार बनेका अर्जुन विसुन्केले विभिन्न नक्कली बिल खडा गरि ट्यांकी निर्माणमा भ्रष्टाचार गरेको स्थानियबासीको आरोप छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई झुक्यानमा पारी उनले भुक्तानी लिएको स्थानियबासीको आरोप छ।

 

स्थानियबासीका अनुसार उक्त पानी ट्यांकीमा जिआइ पाइप नै प्रयोग भएको छैन तर, उनले भने जिआई पाइप प्रयोग गरेको भन्दै बिल बनाएर वडा कार्यालयबाट भुक्तानी लिएका छन् ।

 

करिब ६ लाख बराबरको जिआई पाइप खरिद गरिएको बिल उनले वडामा पेश गरेका छन् । तर, सो क्षेत्रका स्थानियले उक्त ट्यांकी निर्माणमा कुनै पनि जिआईपाइप प्रयोग नभएको बताए । खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक प्रसाद सिंखडाले पनि ट्यांकी निर्माणमा जिआईपाइप प्रयोग नभएको र धादिङस्थित पसलमै रहेको बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation