एजेन्सी असार २६ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीले भारत, जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला गरेका छन् ।
जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन्।
जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन्।
रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको याचना गरेका थिए ।
तर भारतले रुस बिरुद्ध उभिनुको सट्टा अझ बढी कच्चा तेलको आयात गर्ने लगायत व्यापार वृद्धि गरेपछि आक्रोशित युक्रेनलाई भारतीय राजदुतलाई देश छाड्न आदेश दिएको हो ।
यो राजदुत निकाला प्रकरणले युक्रेन युद्धको मामलामा नेटो भित्रको अन्तरविरोध स्पष्ट भएको छ । साथै युद्धमा रुसले एक पछि अर्को भुभाग कब्जा गर्दै अघि बढेको छ ।
अमेरीका, बेलायत बाहेक अन्य युरोपेली मुलुक नेटो सदस्य भए पनि युक्रेनलाई ठूलो परिणाममा हतियार दिन र सैन्य सहायता दिन आनाकानी गर्दै आएका छन् ।