सैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो ।
प्रतियोगितामा पशुपति मावि ३० पदक जित्दै प्रथम भएको छ भने पर्रोहा मावि दितीय र रामापुर तृतीय भएका छन ।
पशुपति माविले ११ स्वर्ण, ७ रजत र १२ कास्य पदक जितेको छ भने पर्रोहा माबिले १० स्वर्ण, ७ रजत र ५ कास्य पाएका छन । त्यसगरी रामापुर माबिले ७ स्वर्ण, ९ रजत र ३ कास्य पदक जित्न सफल भयो ।
समापन समारोहमा बोल्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले राष्ट्रपति खेलकुद प्रतियोगिताबाट यस क्षेत्रका बिद्यार्थीमाझ खेल क्षेत्रमा लाग्न अझै हौसला मिलेको बताउनु भयो । उहाँले आगामी दिनमा खेल क्षेत्रको विकासमा नगरपालिकाले अझै सहयोग पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा बिद्यार्थी भाई बहिनीहरुका बीच देखिएको खेलको उत्साहले आगामी दिनमा अझै खेल क्षेत्रमा लाग्न उत्साह बढाएको बताउनु भयो ।
सैनामैना खेलकुद विकास समितिका अध्यक्ष खिमराज श्रेष्ठको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।