सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न अनुदानको मल ससुराली लगेर लुकाए

बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लुम्विनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली पुर्‍याएको पाइएको छ ।

कालोबजारीमा बिक्री गर्ने नियतले अनुदानको मल ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक इन्सपेक्टर शैलेश्वरी बोहोराले नियमविपरीत मल बिक्रीवितरण गरेको सूचना आएपछि प्रहरीले जफत गरी उठाएर ल्याएको बताइन् ।

सहकारीका अध्यक्ष यादवले सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबी गर्दै मंगलवार र बुधवार किसानलाई वितरण गर्ने जानकारी प्रहरीलाई गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation