बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीको जिल्ला कमिटीको बैठक जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार जितबहादुर सी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी केन्द्रीय सल्लाहकार ज्योतिलाल सी तथा केन्द्रीय सदस्यहरू विश्वास सी, नवीन सी, वर्षा सी, श्याम सी, नवीन थारु सी लगायतको विशेष उपस्थिति रहेको थियो।
बैठकले समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टी संगठनको पछिल्लो चरण देखापरेको पलायन र आत्मासमर्पण,जनजीविका संग जोडिएका मुद्दा लगायतका महत्त्वपूर्ण राजनीतिक, वैचारिक तथा संगठनात्मक निर्णयहरू गरेको छ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी),रुपन्देही बैठकका निर्णयहरू
१. भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी जनताको हकअधिकारको रक्षा, सम्मानजनक व्यवस्थापन तथा न्यायपूर्ण समाधानका पक्षमा पार्टीले संघर्ष गर्ने निर्णय गरियो।
२) सरकारी कार्यालय/ अस्पताल प्रभावकारी सेवाहरु हुने व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र बिचौलियातन्त्र अन्त्य गर्न संघर्षका गर्ने निर्णय गरियो।
३) विभिन्न भ्रम, दिग्भ्रम, दबाब वा असत्य प्रचारका कारण पार्टी परित्याग गरेको घोषणा गर्न पुग्नु भएका सम्पूर्ण कमरेडहरूलाई आफ्नो निर्णयप्रति पुनर्विचार गरी पार्टीमा पुनःफर्किन हार्दिक अपिल गर्ने निर्णय गरियो। साथै पार्टीको नीति बिपरित गएका कमरेडहरु संग स्पष्टीकरण लिने निर्णय गरियो।
४) पार्टीविरुद्ध योजनाबद्ध रूपमा फैलाइएका भ्रम, दिग्भ्रम, पलायनवादी, आत्मसमर्पणवादी, कुण्ठाग्रस्त तथा अवसरवादी प्रवृत्तिहरूको वैचारिक र राजनीतिक रूपमा दृढ प्रतिवाद गर्दै पार्टीको विचार, कार्यदिशा र संगठनात्मक एकतालाई सुदृढ बनाउन राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरियो।
५)असार महिनादेखि साउन १० गतेसम्म पार्टीका सम्पूर्ण नेताकार्यकर्तालाई उत्पादनमूलक श्रममा सहभागी गराउने निर्णय गरियो।
६) साउन ११ गतेदेखि साउन मसान्तसम्म सबै वडामा वडा भेला सम्पन्न गर्ने तथा भदौ महिनाभित्र सबै पालिकामा भेला सम्पन्न गर्ने निर्णय गरियो।
७)स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारका कामकारबाहीको पार्टीका तर्फबाट प्रभावकारी अनुगमन गर्ने तथा सार्वजनिक स्रोत-साधनको दुरुपयोग, भ्रष्टाचार र अनियमिततासम्बन्धी विषयको तथ्यगत अध्ययन, अनुसन्धान र निगरानीका लागि स्थानीय तहमा पार्टी प्रतिनिधि परिचालन गर्ने निर्णय गरियो।
८)जनताका समस्या, जनजीविकाका सवाल तथा सुशासनको पक्षमा पार्टीको जनपरिचालन अभियानलाई थप प्रभावकारी र सशक्त बनाउँदै संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरियो।











