काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणले निधन

काठमाडौं । डेंगु संक्रमणका कारण काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। डेंगु संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

निमोनियाँको समस्या पनि देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
कांग्रेस नेता रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation