सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो ।

बाराका अध्यक्ष पक्राउ परेसँगै सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation