कञ्चन गाउँपालिकाको सहकारीमा चोरी

कञ्चन गाउँपालिकाको धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ ।

कञ्चन ४ थकालीचोकमा केन्द्रिय कार्यालय रहेको उक्त ्र साकोसको केन्द्रिय कार्यालयको बाहिरको मुख्य गेट फोडी घरको मुख्य च्यानल गेट तोडेर कार्यलयमा पसी नगद राख्ने भल्ट र दराज फोडेर त्यहाँ रहेका सबै नगद सहित कार्यलयमा जडान गरिएका रहेका ८ वटा सिसि क्यामेराको डिस्ट्रिब्युटर ल्यापटप लगायत महत्वपुर्ण सामानहरुको अज्ञात समूहद्वारा चोरी भएको ।

बिस्तृत जानकारी आउन बाँकी छ । सहकारीका कर्मचारीहरु कार्यालय आउने क्रममा कार्यालय परिसर प्रवेश गरेपछि कार्यलयका च्यानल गेट लगायत तोडफोड भएको थाहा थाहापाएपछि चोरी भएको हुनसक्ने भनि सहकारीका पदाधिकारी र प्रहरीलाई जानकारी दिइएको थियो । अहिले घटनास्थलमा ईकारका सुरक्षा पुगिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation