
पश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारी संस्था प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरले आफ्नो १६ औं वार्षिक साधारणसभा असोज २७ गते भव्य रूपमा सम्पन्न गरेको छ।
बुटवल १२ का शिक्षित जुझारु युवाहरुको समूह द्वारा संचालित यो सहकारी संस्थाले तामनगर स्थित हिमचुली पार्टी प्यालेसमा दर्जनौं गतिविधि सहित साधारणसभा आयोजना गरेको हो। जिल्ला सहकारी संघ, रुपन्देहीका बरिस्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यता, पुर्व जन प्रतिनिधि द्वय उदयराज काफ्ले र दुर्गा प्रसाद सुवेदीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य द्वय यम कुमारी पौडेल र पुष्पनिधि न्यौपानेलाई प्रमाणपत्र, दोसल्ला र नगदले सम्मान गरिएको थियो साथै एस इ इ २०७९ र एस एल सि (कक्षा १२) २०८० को परिक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने सेयर सदस्यका छोराछोरीलाई सम्मान, असल बचतकर्ता र असल उद्यमी सम्मान, बालहित बचतकर्ता सम्मान र सरस्वती मा वि मा कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण कार्यक्रम पनि गरिएको थियो।
सात सय बढी सेयर सदस्यहरुको प्रत्यक्ष उपस्थिति रहेको साधारणसभा बाट अध्यक्ष भिम बहादुर थापा द्वारा प्रस्तुत आ व २०७९/०८० को कार्य प्रगति प्रतिवेदन र आ व २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सहितको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष मोहन शर्मा पाण्डे द्वारा प्रस्तुत आ व २०८०/०८१ को अनुमानित आय व्यय प्रतिवेदन र आन्तरिक लेखा सुपरिवेक्षण समिति संयोजक नारायण शर्मा द्वारा प्रस्तुत आ व २०७९/०८० को आ ले सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो। साथै संस्थाले सेयर सदस्यहरुलाई प्रदान गर्ने १७% लाभांश सम्बन्धि प्रस्ताव, कार्य क्षेत्र विस्तार सम्बन्धि प्रस्ताव, संस्थाको कार्यालय भवन निर्माण सम्बन्धि प्रस्ताव, सेवा केन्द्र विस्तार सम्बन्धि प्रस्ताव लगायतका प्रस्तावहरु सम्मानित सभा बाट पारित गरिएको जानकारी संचालक सदस्य तिर्थराज काफ्लेले दिए। संचालक सदस्य द्वय सीता कंडेल तरामु र दिपक तिवारीले सेयर सदस्यहरुको उपस्थितिलाई सुनिश्चित गर्न र कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउन निशुल्क लक्की ड्र कुपन मार्फत आकर्षक दस वटा पुरस्करको ब्यबस्था गरि बिजेताहरुलाइ प्रदान गरिएको जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि अर्याल, बिशिस्ट अतिथि सुवेदी, अतिथिहरु सुर्य बहादुर राना, गोविन्द प्रसाद पौडेल, धुर्वमणी ज्ञवाली, वीर बहादुर थापा, कुलराज शर्मा, कल्पना आचार्य, भविस्वर बन्जाडे लगायतले शुभकामना मन्तव्य राख्दै प्रयास साकोसले निति, विधि र प्रविधिको उच्चतम अभ्यास गरेको, संस्थाको बिगत र वर्तमान गर्व गर्न लायक र भविस्यको योजना भरोसा गर्न लायक रहेको भन्दै संस्थाको समग्र निति, योजना र कार्यक्रमको तारिफ गरेका थिए।
कार्यक्रम उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत र सचीव प्रकाश मणि खनालको संचालनमा सम्पन्न भएको हो।