आजबाट नयाँ नोट सटही सुरु

काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो।

यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।

केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूची समेत निकालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation