
शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल स्वयंम स्वास्थ्यसामग्री खाद्यान्न लता कपड़ा सहित आवश्यक सामग्री सहित संघीय सांसद बासुदेव घिमिरे सहित घटना स्थलमा पुग्नु भएको छ ।
गैडहवा गाउँपालिका आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी वडा न १ देखि ९ सम्म का अध्यक्ष कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी ले जानकारी दिनु भयो
यस्तै संघीय सांसद बासुदेव घिमिरे गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल लगाएत जनप्रतिनिधि कर्मचारीले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताउनु भयो ।