त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङ सेवामा नेवानिको एकाधिकार तोडियो

१५ मंसिर, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउण्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

 

यससँगै प्रतिस्पर्धामा छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि) को आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुनेछ । अहिलेसम्म विना प्रतिस्पर्धा नेपाल एयरलाइन्सले यो सेवा लिइरहेको थियो ।

यसअघि प्राधिकरणले बिहीबार मात्र युरोपेली यूनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानि भित्रको कमजोर व्यवस्थापन भएको बताएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation