सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

२ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

 

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation