बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा बैंकका कर्मचारी फेला

बुटवल । साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

शर्मा बुटवलको ट्राफिकचोक शाखामा कार्यरत रहेका थिए । आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation