
बुटवल – मदिरा ब्यवसायी संघ रुपन्देहीले १५ औं स्थापना दिवसकाे अबसरमा शैक्षिक सामग्री वितरण गरेको छ । रुपन्देहीकाे सैनामैना १ मा रहेकाे दुर्गा भवानी माध्यामिक विद्यालय का २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मदिरा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष हिमालय भुसाल ले जानकारी दिए।
कार्यक्रममा वोल्दै मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद भट्टराईले संघले विभिन्न समयमा रचनात्मक काम गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका सह प्रध्यापक लेखनाथ खनाल , संघका सल्लाहकार दिनेश प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष खिम बहादुर खत्री , कार्यक्रम संयोजक मदिरा व्यवसायी संघ रुपन्देहीका प्रथम उपाध्यक्ष बाबुराम ज्ञवाली लगायतले बोल्दै जेहेन्दार विद्यार्थीहरूलाइ सहयोग गर्नु आफैमा पुन्य काम भयको वताएका थिए ।
कार्यक्रम सस्थाका अध्यक्ष हिमालय भूषालकाे अध्यक्षता महासचिव बाबुलाल खनाल को संचालन तथा कार्यक्रम संयोजक तथा संघका प्रथम उपाध्यक्ष बावुराम ज्ञवालीकाे स्वागतमा कार्यक्रम सम्पन सम्पन्न भएको थियो ।