३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३÷३ विकेट लिए । मोहम्मद हसन कृष्ण, अजय चौहानले १÷१ विकेट लिए । कर्णाली प्रदेशले यसअघि ३ खेलमा ३ हार व्यहोर्दै तालिकाको पुच्छरमा रहेको छ, भने लुम्बिनीले २ खेलमा १ जित र १ हार व्यहोरेको छ ।