संकल्प समुह सैनामैनाको नया नेतृत्व चयन अध्यक्षमा गुरूङ

बैशाख १६ सैनामैना । संकल्प समुह सैनामैनाको नया नेतृत्व सर्वसम्मत चयन भएको छ । रेशम गुरुङको नेतृत्वमा समिति गठन भएको छ । जसको उपाध्यक्षमा दृष्टी राना, सचिव योगेश ठकुरी, कोषाध्यक्ष जिवन थापा, सदस्यहरुमा युवराज पुन, केशव पोख्रेल, दिपा ज्ञवाली चयन हुनुभएको छ ।

शनिवार समुहले एक कार्यक्रमको आयोजना गरी पुरानो कार्य समितिलाइ विदाई तथा नव गठित समितिलाइ सम्मान र स्वागत गरेको छ ।
नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सैनामैना नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले संकल्प समुहले समाजमा उदाहरणीय काम गर्दै आएको बताउनु भयो । उहाले संकल्प समुहले कुलतमा फसेकालाई त्यसबाट उन्मुक्ती दिलाउदै आएको समेत उल्लेख गर्नु भएको थियो । संकल्प समुहले बाटो बिराएर गलत बाटोमा लागेकालाई सही मार्ग दर्शन गराउदै आएको रेडियो मलमलाका स्टेशन म्यानेजर एवं पत्रकार टिका खरेलले बताउनु भयो । कार्यक्रममा बोल्दै खरेलले समाजमा यसको ठुलो योगदान रहेको र यसको मुल्याङकन समाजले गर्दै आएको समेत बताउनु भयो ।

कार्यक्रममा समाज सेवी गोबिन्द खरेल, पत्रकार सुरेश परियार, संस्थाका उपाध्यक्ष दृष्टि राना, पुर्व अध्यक्ष रितेश कुमार, संस्थापक अध्यक्ष प्रकाश थापा, पुर्व कोषाध्यक्ष श्याम प्रसाद अधिकारी, यूवा संघका श्री दर्लामी, तरुण दलका प्रतिक श्रेष्ठ , भगवानदिन पटवा लगायतले संकल्प समुहको योगदान र कार्यको बिषयमा बोल्नु भएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ मा रहेको संकल्प समुहमा हाल यस क्षेत्रका करिब २८ जना उपचारर्थ रहेको संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation