बैशाख २४, तौलिहवा बसन्त बन्जाडे
निमार्ण व्यवसायी संघ तौलिहवाले निमार्णका कार्यहरुलाई सहज गराउन माग गर्दैै एक प्रेस बिज्ञप्ती जारी गरेको छ । बैशाख १६ गते जिल्ला प्रशासन कार्यालयको सर्बदलिय, सर्ब पक्षिय बैठक पछि निमार्ण कार्यालयको सिफारिसको आधारमा निमार्ण व्यवसायीहरुलाई कार्य संचालन गर्न अनुमति पास उपल्बध गराईता पनि सामानहरु ढुवानी गर्दा प्रहरी प्रशासनले धरपकड गरेको, पास पनि नपाएकोे भन्दै निमार्ण संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त प्रशासनिक कार्यप्रति आफुहरुको गम्भिर ध्यानाकषर्ण भएको बताएकोे छ । संघले निमार्ण कार्यमा प्रयोग गरिने उपकरण ल्याउन लान समस्या परेको, पास समयमा उपलब्ध नभएकोले कार्यहरु सुचारु गर्न समस्या भएको भन्दै तत्काल निमार्ण कार्य सहज गराउन नेपाल सरकार समक्ष माग गरेको छ ।
संघका अध्यक्ष गुञ्जन कुमार गुप्ताद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ देश पुर्ण रुप ठप्प रहेको अवस्थामा बैषाख ४ गते गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाई निर्माणका कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे पछि अन्य जिल्लाहरुमा प्रशासनले तत्कालै निमार्णका कार्यहरु सुचारु गराएता पनि कपिलवस्तु जिल्ला प्रशासनले भने कुनै चासो नदेखाए पछि निमार्ण व्यवसायी संघका पदाधिकारीहरु पटक–पटक जिल्ला प्रशासन गएर पहल गरे पछी १६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलिय संयन्त्रको बैठक पश्चात निमार्णका कार्य, कृषि तथा उद्योग संचालन गर्न गराउन सहमती भएको थियो ।
त्यस पछि निमार्ण व्यवसायीहरुले निमार्णका कार्यहरु संचालन गर्न पास लिएर कार्यहरु सुचारु गर्न थालेका थिए तर निमार्णका सामाग्रीहरु ओसार पसार गर्दा प्रहरीले दुःखः दिएको गाडीहरुको रोकेको निमार्ण संघका अध्यक्ष गुप्ताले जानकारी बताए ।
लक डाउन भित्रै टेण्डर भएर प्रशासनबाट अत्य आवश्यक कार्य भनि सुचारु भएको कपिलवस्तु जिल्ला कारगाराको बाउड्री वाल निमार्ण लागि माटो लोड गर्दै गर्दा आकृति निमार्ण सेवाले प्रयोग गरेको जेसीभी प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझएको निमार्ण व्यवसायी पवन अग्रहरी बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










