रमेश गैरे
सैनामैना, १७ माघ । रुपन्देहीको सैनामैनामा जारी ७ औ सैनामैना महोत्सवमा सुक्रवार कलाकार अर्जुन सापकोटालाई हेर्न हजारौ दर्शक ओइरिएका छन ।
नेपाली युवाका मनमा बस्न सफल उदयमान कलाकारको रुपमा पछिल्लो समयका चर्चित कलाकार हुन उनी ।
उनी सैनामैना महोत्सबमा आउने निस्चित भएपछी हजारौ दर्शक महोत्सवमा आउने आकलन गरिएको थियो । सोही अनुसार दिउसैदेखी दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । जतिबेला कलाकार अर्जुन सपकोटा स्टेज चडे सैनामैना महोत्सबको माहोल भिन्न बन्यो ।

उनलाई हेर्न आउने दर्शकहरुलाइ थाम्न आयोजकलाई हम्मे हम्मे नै परेको थोयो । सापकोटा स्टेज चड्ने बित्तिकै सर्बाधिक रुचाईएको गित ” झलिको तिम्रै याद अलिको, हिमाल भन्दा नि ” बोलको गितमा आफ्नो प्रस्तुति राखे । महोत्सबमा दर्शकहरुको चिच्याहटले हङामानै मच्चियो ।
आज सनिबार पछिल्लो समयका बहुचर्चित कलाकार प्रकाश दुधराक्ष को धमकेदार प्रस्तुती हेर्न हजारौ दर्शक आइरिने आकलन गरिएको आयोजकले जनाएको छ ।










