सैनामैना। सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्ने उद्देश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
सैनामैना प्रेस क्लवका अध्यक्ष दिपक न्याैपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
सैनामैनामा आउदो साउन १ र २ गते बृहत् रुपमा कोरा साइकल हुँदै छ । साउन १ गते कोरा साइकल रेस र सैनामैना २ हिलपार्कमा डष्टबिन स्थापना गर्ने कार्यक्रम रहेको छ भने २ गते बृहत् रुपमा साइकल कोरा हुदैछ जसका निमित्त नाम दर्ता खुल्ला गरिएको छ ।
सैनामैना ४ मुर्गिया लुम्बिनी गेटबाट सुरु भइ रिङ रोड परिक्रमा गर्ने कोरा साइकल करिब ५५ किलोमिटर यात्रा गर्नेछ । समापन समेत मुर्गिया दुर्गा मन्दिर आइ समापन गरिनेछ र समापन कार्यक्रममा साङ्गितिक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
सहकार्य सम्झौता कार्यक्रममा बोल्दै साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले साइकल साथीले बिगत देखिनै सैनामैनाको चिनारीलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गरि आएको भए पनि आम जनमानसमा कामहरु पुग्न नसकेको बताउदै अब भने सैनामैना प्रेस क्लबसङ्गको सहकार्यमा सैनामैनालाई देशभर फरक पहिचानका साथ स्थापित गरिने बताउनुभयो ।
यस्तै सैनामैना प्रेस क्लवका अध्यक्ष दिपक न्याैपानेले साइकल साथीसँग अबका दिनमा समाचारसङ्गै सामाजिक गतिविधिहरुमा पनि सहकार्य गरिने बताउनुभयो ।
सम्झौतासँगै दुवै संस्थाले आगामी दिनमा कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रम साइकल साथी सैनामैनाका सचिव भुवन रावलको सञ्चालनमा सम्पन्न भएको हो ।











