नेपालीमा एउटा रैथाने उखान छ, ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’।‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेर ‘खुइइय’ गर्ने अवस्था बूढेसकालमा नहोस् भनेर ज्येष्ठ नागरिकका लागि सरकारले २०५१ सालदेखि ‘वृद्ध भत्ता’ दिन सुरु गरेको थियो।यद्यपि यसको पछाडि कारण थिए, ‘उहिलेका कुरा खुइले’ भनेर परिवार र समाजबाट ज्येष्ठ नागरिकमाथि उपेक्षा, दुव्र्यवहार र घृणा नहोस् भन्ने। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत ज्येष्ठ नागरिकका ज्ञान, सीप र बुद्धि पुस्ता हस्तान्तरण गर्न नयाँ अवधारणा ल्याएको छ, ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। जहाँ, ज्येष्ठ नागरिकले आफ्ना जीवनकालमा आर्जन गरेको ज्ञान, सीप र बुद्धि हस्तान्तरणको अवसर पाउनेछन्।यद्यपि यतिबेला ज्येष्ठ नागरिक कोरोना भाइरसको उच्च जोखिममा समेत छन् । यस्तो बेला व्यक्ति, परिवार, समाज र राज्यबाट ज्येष्ठ नागरिकमाथि विशेष स्याहार र सुरक्षा अझ आवश्यक रहेको ठम्याइ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको छ।१५ जुन अर्थात् असार १ गते । ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको आवाज बुलन्द गरौँ’ भन्ने मूल नारासाथ विश्वभर ज्येष्ठ नागरिकप्रति गरिने दुुव्र्यवहारविरुद्ध १५ औँ विश्व चेतना दिवस मनाइँदै छ। विश्व चेतना दिवसकै सन्दर्भमा महासङ्घले ज्येष्ठ नागरिकले सम्मानित र मर्यादापूर्वक जीवनयापनका लागि सहजीकरण गर्न सबैमा हार्दिक अपिलसमेत गरेको छ। महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले कोरोनाको जटिल अवस्थामा ज्येष्ठ नागरिकमाथि अझ बढी दुव्र्यवहारका घटना हुन सक्नेतर्फ सचेत रहन सबैमा आग्रह गरे। जनसङ्ख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिकविरुद्ध हुने दुुव्र्यवहार रोक्न सबैले आवाज उठाउनुपर्ने उनले बताए।संयुक्त राष्ट्रसङ्घले सन् २०११ सालदेखि जुन १५ लाई ज्येष्ठ नागरिकप्रति गरिने दुुव्र्यवहार विरुद्धको दिवस घोषणा गरेको हो । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा सन् २००७ देखि नै जनचेतनामूलक कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाइँदै आएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










