तँ ठिक कि, म ठिक ? नेपालको राजनीतिक परिदृश्य

नेपालको राजनीतिक परिदृश्य एक जटिल र अदृश्य जालजस्तो छ, जहाँ हरेक दल, नेता, र समर्पित समर्थकहरू, यानिकि तपाई अनि म सबै जनाले आफूलाई नै सही मान्छौं र अरुलाई गलतस प्रत्येक दृष्टिकोण, विचारधारा, र विचारको उत्थानमा, हामीहरुले केवल आफ्नो पक्षलाई प्राथमिकता दिन्छौं, र यसरी नेपालको राजनीति एक अत्यन्त विवादास्पद र परस्पर विरोधी परिप्रेक्ष्यमा परिणत भएको छ।

नेपालको राजनीतिक परिदृश्यको विश्लेषण गर्दा, तँ ठिक कि, म ठिकरुू भन्ने प्रश्न उठ्छ कि वास्तवमा को सही छ र को गलतरु यस प्रश्नको उत्तर पूर्णतया स्पष्ट छैन। प्रत्येक दल र नेताले आफूलाई मात्र सही प्रमाणित गर्ने कोसिस गर्छन्, तर कुनै पनि दलको नीति र विचार जनहितमा आधारित हुन्छ भन्ने ग्यारेन्टी छैन। जसको लागि इतिहास, राजनीति, समाज, र संस्कृति सँग जडान गरि गहिरो विश्लेषण गर्न जरुरि छ।

नेपालको राजनीतिक ईतिहास नियाल्दा नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक परिवर्तनहरूले देशलाई प्रभावित पार्ने भूमिका खेलेका छन्। २०४६ सालको जनआन्दोलन, २०६२र६३ को जनआन्दोलन, र गणतन्त्र स्थापनासम्मका घटनाहरू सबैले एक नया राजनीतिक ढाँचाको उत्पत्ति गराएका छन्। यी परिवर्तनहरूलाई समाजका विभिन्न वर्गहरूले आफ्नो दृष्टिकोणबाट स्वीकार गरेका छन्। २०४६ सालको जनआन्दोलन नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक शासनको स्थापनामा महत्वपूर्ण मोडको रुपमा याद गरिन्छ। यस आन्दोलनले राजा बिरेंद्रको शासनलाई चुनौती दिँदै नेपालको संविधानिक र प्रजातान्त्रिक ढाँचामा परिवर्तन ल्याएको थियो। तर, यस परिवर्तनको पछाडि के वास्तविक उद्देश्य थियोरु जनआन्दोलनका नेता र पार्टीहरूले आफूलाई लोकतन्त्रका पुजारीका रूपमा प्रस्तुत गरे, तर यसको परिणामस्वरूप नेपाली जनताको जीवनमा के स्थायी सुधार ल्याउन सकियोरु सत्ताको बोटबागी दलहरूको प्रतिस्पर्धा र एकअर्कासँगको असहमतिहरूले राजनीतिक अस्थिरता सिर्जना गरे। नेपालका प्रमुख दलहरूले जब सत्ता प्राप्त गरे, तब सत्ता संघर्ष र व्यावसायिक स्वार्थका कारण जनताका वास्तविक समस्यामा सुधार ल्याउन सकेनन्। यसले जनताको असन्तोष र निराशा बढायो। २०६२र६३ को जनआन्दोलनले फेरि एक पटक नेपालका राजनैतिक परिप्रेक्ष्यलाई बदल्ने काम गर्यो। यस आन्दोलनले पुनः लोकतन्त्रलाई स्थापित गरायो, र राजतन्त्रको अन्त्यका लागि निर्णायक भूमिका निभायो। यो आन्दोलनको परिणामस्वरूप नेपालको राजनीतिक ढाँचा गणतान्त्रिक बन्यो। तथापि, यस परिवर्तनले नेपाललाई स्थायीत्व र समृद्धि ल्याउन सकेको छैन । जनआन्दोलनका समर्थकहरूले आफूलाई सही प्रमाणित गरे, तर के तिनीहरूले सबै समुदायका चाहनाहरू र अपेक्षाहरूलाई समेटेरु राजनीति र विचारधाराहरूको प्रतिस्पर्धाले नेपाललाई अझ अस्थिर बनायो, जसले समाजमा व्याप्त असमानता र भ्रष्टाचारलाई प्रोत्साहन दियो।

राजनीतिक दलहरूको संघर्ष र विचारधाराको भ्रम:

नेपालका प्रमुख राजनीतिक दलहरूले आफ्नो विचारधारालाई सर्वोत्तम र सत्य ठान्दछन्। यहाँ सबै दलहरू आफूलाई नै सही ठान्ने र अरूसँग प्रतिस्पर्धा गर्ने प्रवृत्तिमा छन्। यसले राजनीतिक दलहरूको संघर्षलाई बढी जटिल बनाएको छ। हामी राम्रोसँग मनन् गर्ने हो भने
नेपालको राजनीति विभिन्न विचारधारामा आधारित छ। केही दलहरूले कुनै एकवादको पक्ष लिन्छन् भने अरू दलहरूले अर्को वादी दृष्टिकोणको समर्थन गर्छन्। यद्यपि, व्यवहारिक स्तरमा दलहरूका नीतिहरू फरक देखिन्छ। कुनै एकवादको कुरा गर्ने दलहरू अक्सर आफ्नो विचारमा प्रतिबद्धता राख्दैनन्, र केहि अन्य दलहरू पनि अवसरवादी र आफ्नो स्वार्थको आधारमा व्यवहार गर्छन्। अर्को पक्षधरहरूले प्रायः समानता र सामाजिक न्यायको कुरा गर्छन्, तर व्यवहारमा तिनका नीतिहरू अन्य दलहरूको विचारसँग मिलेर सामूहिक स्वार्थको पक्षमा झुकाव राख्छन्। यसको परिणामस्वरूप, राजनीति र समाजमा विचारधारात्मक भ्रमको स्थिती उत्पन्न भएको छ।

सत्ता र स्वार्थको खेलमा नेपाल:

नेपालको राजनीति प्रायः व्यक्तिगत स्वार्थ र सत्ता संघर्षको खेल बनेको छ। दलहरूले चुनावी घोषणापत्रमा गरिएका वचनहरू बिर्सेर केवल सत्ता प्राप्ति र सत्ता टिकाउको लागि कूटनीतिक गठबन्धनमा जुटिरहेका छन्। यसले सरकारको नीति निर्माण प्रक्रियामा ढिलाइ र भ्रष्टाचारको जन्म दिएको छ। यसबाट स्वार्थ र भ्रष्टाचारको बिषयहरु जटिल हुदै गएका छन् । नेताहरूले केवल आफ्नो दलको हितको लागि काम गर्दा, देशको वास्तविक समस्या समाधानमा ध्यान दिइन्न। चुनावमा जनतालाई आकर्षक वचन दिइन्छ, तर सत्तामा पुग्नपछि ती वचनहरू प्रायः पुरा हुँदैनन्। यसले नेपालको राजनीतिक अस्थिरता र भ्रष्टाचारलाई प्रोत्साहन दिएको छ। स्वार्थ र भ्रष्टाचारले जनताको बीचमा विश्वासको संकट सिर्जना गरेको छ।

सरकारको गिरावट:

यहाँ सरकारको स्थायित्व सधैं चुनौतीपूर्ण भएको छ। सत्तामा रहेका दलहरूले सरकार गिराउने, नयाँ सरकार बनाउने, र गठबन्धन तोड्ने जस्ता खेलहरू निरन्तर चलिरहन्छन्। यसले मुलुकको प्रशासनिक ढाँचालाई कमजोर पार्छ र सरकारको कार्यक्षमतामा ढिलाइ ल्याउँछ। राजनीतिक स्थिरता प्राप्त गर्नका लागि एउटा दीर्घकालिक रणनीति आवश्यक छ, तर यसमा निरन्तरता र दृढता अभाव देखिन्छ । नागरिकहरूले सधैं राजनीतिक अस्थिरताको सामना गरेका छन्। चुनावको समयमा नयाँ उम्मेदवारहरूको आगमन र आकर्षक नाराहरू जनताको ध्यान आकर्षित गर्छन्, तर चुनावपछि परिणाम भने यथावत रहन्छ। बेरोजगारी, गरीबी, र सामाजिक असमानता बढ्दो छ, जसले जनतालाई निराश बनाइरहेको छ।

जीवनस्तर र अवसरको संकट:

अधिकांश नागरिकको जीवनस्तर अझै पनि सस्तो र असुरक्षित छ। शिक्षाका अवसरहरू सीमित छन्, र स्वास्थ्य सेवामा पनि गुणस्तरको कमी छ। विदेश पलायनका कारण परिवारहरू विभाजित भइरहेका छन्, जसले जनताको मानसिक स्थिति र सामाजिक संरचनामा असर पुर्याएको छ। राजनीतिक दलहरूको अस्थिरता र निरंतर आन्तरिक संघर्षले जनतालाई अधिक प्रभावित पारिरहेको छ।

अन्योल र निराशा:

नागरिकहरूको राजनीतिक विचार र आशा प्रायः अस्पष्ट छन्। प्रत्येक निर्वाचनले नयाँ आशा ल्याउँछ, तर चुनावपछि परिणाम पुरानो जस्तो हुन्छ। यसले मानिसहरूलाई राजनीतिक प्रक्रियामा झन्झट र निराशा पैदा गरेको छ।

धार्मिक र सांस्कृतिक विभाजन:

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक देश हो। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, इसाई लगायत विभिन्न धार्मिक र सांस्कृतिक समुदायहरू रहेका छन्। प्रत्येक समुदायले आफ्नो आस्थालाई सर्वोच्च ठान्दछन्। राजनीतिक दलहरूले प्रायः यी धर्महरूको आधारमा समर्थन प्राप्त गर्ने कोसिस गर्छन्। नेपाली समाजमा धर्म र संस्कृति गहिरो असर राख्छ, र राजनीतिक दलहरू यसलाई प्रभावकारी रूपमा प्रयोग गर्छन्। तथापि, यी धर्मीय मुद्दाहरू प्रायः सामूहिक सहअस्तित्वको परिप्रेक्ष्यमा विभाजनका रूपमा प्रस्तुत हुन्छन्।सत्तासीन नेताहरू प्रायः जनताको भलाईभन्दा आफ्ना दलगत स्वार्थ र व्यक्तिगत लाभलाई प्राथमिकता दिन्छन्। नीति निर्माण प्रक्रियामा देखिने ढिलाइ र भ्रष्टाचारले देशलाई अस्थिरता र आर्थिक संकटको भुर्भागमा धकेलिदिएको छ।

निर्णय प्रक्रियामा ढिलाइ:

सत्तामा रहेका नेताहरू प्रायः निर्णय प्रक्रियामा ढिलाइ गर्छन्, जसले मुलुकको समृद्धिमा बाधा पुर्याउँछ। नीति निर्माण र प्रशासनिक क्रियाकलापहरू प्रायः असक्षम र अपारदर्शी हुन्छन्। प्रमुख प्रश्न ूतँ ठिक कि, म ठिकरुू जसले हाम्रो राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा गहिरो प्रश्न उठाउँछ। हरेक दल र नेता आफूलाई सही मान्दछन्, तर के उनीहरूको निर्णय जनहितमा आधारित हुन्छरु

अतस् नेताहरू र राजनीतिक दलहरू, तपाई, म हामी सबै आफूलाई सही प्रमाणित गर्नको लागि निरन्तर संघर्ष गर्दछौं । यद्यपि, वास्तविकता यो हो कि कोही पनि पूर्ण रूपमा सही छैनौ। राजनीतिक निर्णयहरू अक्सर स्वार्थ र व्यक्तिगत लाभका आधारमा गरिन्छ। जनताको दृष्टिकोण र वास्तविक जीवनका समस्याहरूलाई ध्यानमा राखेर, सही निर्णय लिन आवश्यक छ।
नेपालको राजनीति निरंतर प्रश्नहरूको घेरेमा रहेको छ। वास्तवमा ूसत्यू के होरु यसका उत्तरहरू जटिल र विभिन्न दृष्टिकोणहरूमा आधारित छन्, तर जनताको भोगाइ नै अन्तिम सत्य हो। यसरी आफू दुधले धोएको चोखो भन्दा पनि आफुले गरेको काम सबैको हितको लागि र राजनितीक, सामाजिक र संस्कृतिक स्वार्थ भन्दा बाहिर हुनु पर्दछ ।

यादव पन्थी
धुर्कोट- ०३, गुल्मी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation