बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा २ जना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ‌।
नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन अस्पतालमा भर्ना भएका थिए । दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको गएराती १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो ।
त्यस्तै, बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन । उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको डा.गौतमले बताए ।
सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग देखिएको थिएन । हालसम्म रुपन्देहीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा २६ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation