कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम युगल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिबलाल घिमिरेको अध्यक्षता, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष  कृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पगेनिले आफै रगत दान गरि कार्यक्रमलाई उद्घाटन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation