कपिलबस्तु अस्पतालमा अक्सिजनको चरम अभाव ।

कपिलवस्तु अस्पातल र अस्थायी कोरोना अस्पतालमा उपचाररत ४० बढी कोरोना संक्रमितहरु अक्सिजन अभावले छटपटाईरहेका छन ।अक्सिजन अभावले संक्रमितहरु भकाभक मर्न थालेको अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लाले जानकारी दिएका छन । अबको केही घन्टा भित्र अक्सिजनको जाहो नभए भर्ना भएका धेरै बिरामीहरुले अकालमा ज्यान गुमाउने निश्चित भएकाले अक्सिजनको चाडो भन्दा चाडो जोहो गरि दिन अस्पतालका मेसु किशोर बन्जाडेले अपील गरेका छन । अस्पतालमा दैनिक सय सिलिन्डर चाहिन्छ । हिजो मात्र कपिलवस्तुमा १० जनाले र आज बिहान मात्र कपिलवस्तु अस्पतालमा २ जनाले ज्यान गुमाई सकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation