किसानको गुनासो पछि सैनामैनाका मेयर शर्मा एक्सनमा,ट्याक्टरको भाडादर तत्काल घटाए

सुरेस परियार,जेठ १७ गते
सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्मा किसानको पक्षमा उत्रिएका छ्न । लामो समय देखि ट्याक्टर व्यवसायीले चर्को भाडादर लिएको भन्दै किसानले गुनासो नगर प्रमुख शर्मा लाई सुनाए लगत्तै सैनामैना ट्याक्टर व्यावसायि संग आज छ्लफल गर्दै किसानलाई मर्का नपर्ने गरी भाडादर कायम भएको हो ।
नयाँ भाडादर अनुसार रोडा भेटर प्रयोग गरे बापतप्रती घन्टा रु.२४ सय र कल्टि भेटर प्रयोग गरे बापत प्रती घन्टा रु.१८ सय निर्धारण गरिएको छ । यो भन्दा पहिला ट्याक्टर व्यवसायिले रोडा भेटर प्रयोग गरे बापत रु.२७ सय र कल्टि भेटर प्रयोग गरे बापत २१ सय भाडा लिदै आएका थिए ।
किसान पक्षमा सधै वकालत गर्ने मेयर फणिन्द्र प्रसाद शर्माले बताएका छन् । नगरप्रमुख शर्माको सक्रियतामा सो सहमति गरे संगै किसानहरु खुशी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation