१३ वर्षीया बालिका ममः पसलमा बलात्कृत

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दुधपाटीमा रहेको ममः एण्ड पिज्जा हाउसमा पुर्याएर विभिन्न प्रलोभनमा स्थानीय अशोक भन्ने अनिल भुजेलले बालिकालाई जबर्जस्ती गरेको बताइएको छ ।
दोलखाको शैलुङ गाँउपालिका–७ घर भइ हाल दुधपाटी बस्ने १९ वर्षीय भुजेललाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले गत बिहीबार राति बालिकालाई ममः एण्ड पिज्जा हाउसमा बोलाएर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
उनलाई हिजो ललितपुर महानगरपालिका–९ बाट नियन्त्रणमा लिई जबरजस्ती करणीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation