
सैनामैनामा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्षमा राम प्रसाद भुसाल सर्वसहमत निर्वाचित भएका छन् ।
आज भएको सातौं साधारण सभा तथा चौथोँ अधिवेशनले भुसाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा सरीता चौधरी, सचिव तुल्सीश्वर कंडेल, कोषाध्यक्षमा विश्वमणी घिमिरे, सह–सचिवमा प्रेम प्रताप सेन, सदस्यहरुमा टिकाराम घिमिरे, कमल अर्याल, नारायण चौधरी, जलपा शर्मा, निम कुमारी बि.क., पार्वती थापा रहेका छन् ।
सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन मण्डलको संयोजक दोर्ण जि.सि.को अध्यक्षता र प्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।